सुनसरी । कोसी प्रदेशमा थप १४ जना एन्फा रेफ्री उत्पादन भएका छन् ।
कोसी प्रदेश फुटबल सङ्घले धरानमा सम्पन्न गरेको दोस्रो चरणको एक हप्ते एन्फा रेफ्री कोर्समा सहभागी ५४ जना मध्ये  १४ जनाले उत्तीर्ण गरेसँगै प्रदेशमा थप १४ जना एन्फा रेफ्रि उत्पादन भएका हुन् ।
एन्फा कोसी प्रदेशले गत असोज १२ गते देखी आयोजना गरेको एन्फा क्याटोगरी ४ रेफ्रि कोर्समा सहभागी ५४ जना प्रशिक्षार्थीमध्ये १४ जनाले मात्र उत्तीर्ण  गर्न सकेका हुन ।
refree photo
एन्फाको आधारभूत रेफ्री कोर्स उत्तिणर् उनीहरूलाई बिहीबार कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई र कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रमाणपत्र र एन्फा ब्याज वितरण गरेका छन् । उत्तीर्ण  उनीहरूले स्थानीय स्तरको टुर्नामेन्ट र आगामी महिनाबाट सुरु हुने जिल्ला लिग फुटबल खेलाउने कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष राईले बताए ।
एक साता सम्म चलेको क्याटोगरी ४ रेफ्री कोर्समा कोसी र बागमती प्रदेशका १५ जिल्लाका ५४ जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गरेका थिए ।
राष्ट्रिय स्तरको दक्ष रेफ्रीहरु उत्पादन गर्ने लक्ष्य सहित एन्फाले सात दिने कोर्स आयोजना गरेको कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष राईले बताए ।
यसअघि पहिलो चरणको रेफ्री कोर्समा ५१ जना सहभागीमध्ये २१ जना प्रशिक्षार्थी उत्तीर्ण  भएका थिए ।