सुनसरी । दुहबी नगरपालिकाले जितिया पर्वको अवसरमा असोज १९ गते शुक्रवार महिला कर्मचारीका लागि सार्वजनिक बिदा दिएको छ ।
duhabi jitiya parba
दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीद्वारा बिहीबार जारी सूचनामा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गर्दै बिदा दिएको जनाएको छ ।
नगरपालिकाले नगर अस्पतालको आकस्मिक सेवाका बाहेक मातहतका सम्पूर्ण संस्थााहरुमा जितिया पर्व मनाउने महिलाका लागि असोज १९ गते एक दिन बिदा दिएको जनाएको छ ।