सुनसरी ।दुहबी नगरपालिकाले पशु सेवा शाखाका लागि थप जनशक्ति तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।
नगरपालिकाको लागि चालु आर्थिक वर्षको लागि प्राप्त हुने विभिन्न पशुपक्षी रोग सम्बन्धी खोपहरू लगाउन जनशक्ति अभाव भएसँगै कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले जनाएका छन् ।
दुहबी नगरपालिका भित्रका पशुपंक्षीहरुमा लगाउनका लागि भ्याक्सिनेटर नियुक्ति गर्नुपर्ने भएकोले पक्रिया अघि बढाइएको केसीले जनाएका छन् ।