सुनसरी । एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गत आज नेपालले भियतनामको सामना गर्दैछ। मंगोलियामा जारी प्रतियोगितामा नेपालले दोस्रो चरण प्रवेशका लागि भियतनामसँग खेल्न लागेको हो।
नेपाल आज इतिहासमै पहिलो जितको लक्ष्यसँगै खेल्न लागेको हो । यता भियतानम भने लगातार दोस्रो जित दर्ता गरेर अर्को चरण प्रवेशको लक्ष्यमा छ।
नेपाल रहेको समूह डीमा भियतनाम सबैभन्दा बलियो टिमसमेत हो। उसले पहिलो खेलमा आयोजकसमेत रहेको मंगोलियालाई ६–१ गोलअन्तरले हराएको थियो।
नेपालले समूहको पहिलो खेलमा भने दक्षिण कोरियासँग ५–१ को हार ब्यहोरेको थियो। नेपालका लागि एकमात्र गोल सुमित श्रेष्ठले गरेका थिए।
नेपालले इतिहासमा कहिल्यै पनि फुटसलमा जित दर्ता गरेको छैन। नेपालले खेलेका सबै खेलहरुमा फराकिलो हार ब्यहोर्दै आइरहेको छ। नेपालले लगातार चौथो पटक एसियन कप फुटसलको छनोट खेल्दैछ।