सुनसरी । शसस्त्र प्रहरी बल नेपाल ३७ नम्बर रिजर्भ गण हेडक्वाटरले स्थापनाको २१ बर्षपछी पहिलोपटक बार्षिक उत्शव मनाएको छ ।

बराह बाहिनी पकली सुनसरीमा बुधबार एक कार्यक्रमको आयोजना गरी गणले उत्कृष्ट कर्मचारी तथा बिभिन्न प्रतियोगिताका बिजयी खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ ।

कोशी र मधेस प्रदेशका ८ वटा तराईका जिल्लाहरु हेर्नेगरी सरकारले २०७७ असार २९ गते शसस्त्र प्रहरी बल नेपालको रिजर्व गण हेडक्वाटरहरु स्थापना गरेको थियो ।

IMG_1271

२०५९ अशोज २३ गते तत्कालिन सिद्धकाली गणलाई २०७५ सालमा शसस्त्र प्रहरीको नया संरचना लागुभएपछी ३७ नं गणको रुपमा काम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायब माहानिरिक्षक अञ्जनी कुमार पोखरेलले शसस्त्र प्रहरीको काम कारवाहीमा कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।