सुनसरी । छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबारदेखि मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको  आयोजक डाँगीहाट यूथ क्लबले पत्रकार सम्मेलन गरी जनाएको हो ।
belbari goldcup1
प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौँ सहित ब्रिगेड ब्वाइज काठमाडौँ, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट यूथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
belbari ground
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रत्येक दिनको  म्यान अफ द म्याचले नगद ५ हजार पाउने छन् । प्रतियोगिताको पाँचौँ संस्करणको उपाधि गत वर्ष सशस्त्र प्रहरी बलको एपीएफले जितेको थियो । प्रतियोगिता सञ्चालनमा करिब ६३ लाख खर्च हुने आयोजकले जनाएको छ ।