विराटनगर । पहिचानवादीहरुले आह्वान गरेको अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ । पक्राउ परेका ३ जना रिहा भएपछि मध्यान्हबाट बन्द फिर्ता भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरुलाई रिहा गरेपछि बन्द फिर्ता लिएको प्रदेश १ पुन नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मङलबारबाट अनिश्चितकालीन धनकुटा जिल्ला बन्द आह्वान गरेको थियो ।
बन्दकर्ताहरु बिहानैदेखि धनकुटाको नाकाहरुमा भेला भएर यातायात बन्द गराएका थिए ।
धनकुटाको सिमाना भेडेटारमा बन्दकर्ताहरुले अवरोध गरेपछि सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका थिए ।