कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री केदार कार्कीद्धारा विश्वासको मत लिने प्रकृया सुरु भएको छ । नेपालको संविधानको १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले नेपालको संविधानको धारा १६८(५) अनुसार प्रदेश सभामा मुख्यमन्त्री विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेश गरेका हुन् ।
प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मुख्यमन्त्री केदार कार्कीले संघीयता बचाउन सबै एक हुनुपर्ने बताएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि दलका नेताहरुले बोल्ने क्रम सुरु भएको छ ।
प्रदेश सभामा बोल्दै जसपाकी सांसद निर्मला लिम्बुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने धारणा राखेकी छन् ।