विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी (जसपा) विश्वासको मत दिने भएको छ । प्रदेश सभामा बोल्दै जसपाकी सांसद निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन् ।

यस्तै नेकपा(एकिकृत) समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ । प्रदेश सभामा बोल्दै नेकपा(एकीकृत समाजवादी)का ससंदीय दलका नेता राजेन्द्र राईले पनि विश्वासको मत दिने बताएका छन् । 

विश्वासको मत दिए पनि दुवै पाटीले प्रतिपक्षीमा बस्ने बताएको छ । दुवै सांसदले वर्तमान सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएका छन् ।