नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले पटकपटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताएका छन् । प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमाले लागेको बताए ।
उनले अहिले संविधान बनाउनेहरूले नै संविधानमाथि आक्रमण भएकाले संविधानको रक्षाको लागि पनि कार्कीलाई एमालेले साथ दिएको बताए ।
मूलुकमा सामाजिक सम्बन्ध खलल पु¥याउन खोजिएको भन्दै उनले त्यसका विरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले संविधानको व्याख्या गर्नेहरू संविधान मिचेर आफैँ कुण्ठा र आक्रोश पोख्न थालेको बताए ।
उनले कोशी प्रदेशको सरकार गठनको प्रक्रिया धारा १६८ (५) पुग्न नदिन जेठदेखि असोजसम्म केन्द्रका नेताहरूको ढोका ढक्ढकाएको बताए ।
मध्यावधि निर्वाचनबाट एमाले नभागेको भन्दै अनुभवको आधारमा मध्यावधि टारेको उनको भनाइ छ । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिएको उनले बताए ।
संघीयताको उल्लंघन गर्दै सत्ता गठबन्धनले ठाडो हस्तक्षेप गरेकाले यसको विरोधमा कार्कीलाई साथ दिएको बताए ।