इटहरी । ‘द जर्नी अफ डेथ’ सर्ट फिल्मको छायांकन सम्पन्न भएको छ । निर्देशक भिषण राईको निर्देशनमा तयार भएको सर्ट फिल्मको छायाँकन सम्पन्न भएको निर्माण युनिटले जानकारी दिएको छ ।
इटहरीमा दशैंको अवसर पारेर शुभकामना आदानप्रदान गर्दै सर्ट फिल्म निर्माण युनिटले पत्रकार भेटघाट गरेको छ । भेटघाटमा सर्ट फिल्मको बारेमा जानकारी गराईएको छ ।
सञ्चारकर्मी समेत रहेका निर्देशक राईले अब सर्ट फिल्मलाई पोस्ट प्रोडक्सनमा लगिने र त्यस पश्चात केही समयपछि पोस्टर सार्वजनिक गरिने बताए । निर्देशक राईका अनुसार एक चरणले सम्पादन सकेपछी पत्रकार तथा बुद्धिजीवी माझ उक्त सर्ट फिल्म देखाईने छ ।
प्राप्त सल्लाह सुझाव अनुसार पुनः रिमेकिङ गरिने निर्देशक राईले बताए ।
द जर्नी अफ डेथका प्रस्तुतकर्ता, निर्माता तथा कलाकार रितेश जङ्ग खत्रीका अनुसार सत्यघटनामा आधारित यो सर्ट फिल्म भएका कारण निकै मेहनत गरेर खोज अनुसन्धान पछि छायांकन गरिएको बताए ।
उनले यो सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित निर्माण गरिएको बताए । यो सर्ट फिल्मलाई ४ दिन लगाएर भोजपुरको बिकट गाउँमा छायांकन गरिएको पत्रकार भेटघाटमा जानकारी गराईयो ।
२५ मिनेट सम्मको रहने द जर्नी अफ डेथलाई हेमन योन्जन तामाङले खिचेका हुन् भने यसमा निर्माता तथ लेखक रितेशसहित दिपा पोख्रेल र बाल कलाकारमा कृष्टिणा पौडेलको अभिनय रहेको छ ।