विराटनगर । झापाको अर्जुन धारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो । 
उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको लु१च ६८६३ न  को छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे५प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक  को  यम भट्टराईको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार  रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।