विराटनगर । जलवायु परिवर्तनले पारिरहेको प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्यले प्रकृति जोगाऔँ अर्को पुस्तालाई पनि हिमाल देखाँउ अभियान सम्पन्न भएको छ । 

राष्ट्रिय जनसांस्कृतिक  महासङ्घ जिल्ला कमिटी ताप्लेजुङको आयोजनामा कञ्चनजङ्घा बेस क्याममा कार्यक्रममा अभियानको समापन गरिएको हो ।  जलवायु परिवर्तनको असरका बारेमा ध्यानाकर्षण गराउन ४८ सय मिटर उचाइमा रहेको कञ्चनजङ्घा बेसक्याम्पमा कार्यक्रमको आयोजना गरिएको महासङ्घका ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए । 

कार्यक्रममा सहभागी हुन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वो नेकपा एमाले ताप्लेजुङ उप सचिव तथा आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ का अध्यक्ष दिपेन पोमु समेत बेसक्याम्पमा पुगेका थिए । 

समापन कार्यक्रममा मेन्याङ्वोले जलवायु परिवर्तनले हिमालमा पारेको असर प्रति चिन्तित भएको बताए । उनले आफ्नो तहबाट जलवायु परिवर्तनको असर  सम्बन्धमा पहल गर्ने बताए । 

कञ्चनजङ्घा आधार शिविर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएकाले  कंचनजङ्गा क्षेत्रमा पूर्वाधार र टेलिफोन को लागि विशेष पहल गर्ने बताए ।

आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका दिपेन पोमुले जलवायु परिवर्तनका कारण कञ्चनजङ्घा हिमालमा हिउँ कम पर्न थालेको बताए । 

उनले सबैको हातेमालोमा मात्रै हिमाल जोगाउन सकिने र अर्को पुस्तालाई हिमाल देखाउन सकिने बताए । 

सांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले महासङ्घले जलवायु परिवर्तन रोक्नका लागि सास्कृतीक अभियान सञ्चालन गरिरहेको बताए ।