इटहरी । चाडपर्वको अवसर पारेर थारु कथानक चलचित्र ‘सजनी तोहर बिन’को प्रदर्शन  गरिएकोछ । प्रर्दशन अघि चलचित्रको म्याजिक हलमा प्रिमियर सो गरिएको थियो । बराहक्षेत्र  मिडिया प्रा.लिले चलचित्र निर्माण गरेको हो । 

चलचित्र राम्रो बनेको प्रिमियर सोका दर्शकहरुले प्रतिक्रिया दिएका छन् । दशर्कको राम्रो प्रतिक्रियाले उत्साहित बनाएको चलचित्रका निर्माता प्रदिप वासमैतले बताए । 

 दर्शकहरूले आफ्नै घर भित्र को कथा पाउने निर्माता वासमैत बताउँछन् । चाडपर्व लाई लक्षित गरेर कार्तिक १५ र १६ गते प्रदर्शन हुने बासमैतले बताए ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई दर्शकले रुचाएका छन् ।  गाउँघर घटिरहेका विकृती तथा कुप्रथा साथै युवा पुस्तामा कुलतको लतलाई चलचित्रको मुख्य विषयवस्तु बनाईएको छ ।

चलचित्रलाई आश थारुले निर्देशन गरेका हुन । फिल्ममा मोडल सुजु चौधरीले  डेव्यु गरेकी छिन् । सचेत चौधरीले मुख्य भुमिका निभाएका छन् । 

पाण्डव चौधरीले गरेको फिल्ममा सम्पादक गरेका छन् भने  द्वन्द तथा फिल्मको गितमा रचना समेत सरोज चौधरीको रहेको छ । 

फिल्म पूर्वका पर्यटकिय क्षेत्र रामधुनी, बराहक्षेत्र, उदयपुर, सङ्खुवासभाको तिनजुरे साथै मोरङ्गका विभिन्न ठाउँमा खिचिएको सहनिर्माता कृष्ण चौधरीले बताए ।

चलचित्रको प्रिमियर सोका क्रममा कलाकारहरुलाइ उच्च मुल्यांकन गरी २१ जनलाइ कदर पत्रले संमान गरिएको थियो । 

नायक सचेत चौधरी, पटकथा कलाकार पाण्डव चौधरी, निर्देशक आश थारु, मुख्य खलनायक कृष्ण चौधरी, सम्पादक तथा रचनाकार सरोज चौधरी लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । कलाकारहरुलाई थारु चलचित्र तथा साँस्कृतिक सघका केन्द्रिय अध्यक्ष तथा निर्मता निर्देशक परशुराम चौधरीले दोसल्ला ओढार सम्मान गरेका थिए ।