सुनसरी । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ ।

विगत केही वर्षदेखि निरन्तर तिहारका गीत बजारमा ल्याएर आम दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक भट्टराईको यसपालि पनि “देउसी र भैलो” बोलको गीत सार्वजनिक भएको हो।

नेपाली लोक गीत सङ्गीत क्षेत्रका चर्चित हस्तीहरूको साझा प्रस्तुति रहेको उक्त गीतको शब्द सङ्गीत निकेश राईले भरेका छन्।

त्यस्तै स्वरमा भने सुशील भट्टराईलाई कुसुम गुरुङ, सविन शंकर, राजु बाह्रकोटी,नौली याम्फू , कैलाश वि.क, र निकेश राईले साथ दिएका छन् ।

गीतको भिडियो निर्देशन अनिल राईले गरेका छन् ।

त्यस्तै योगेश राई, अनुशा राई, आयुस्मा राई र अनिल राई लगायत विभिन्न कलाकारहरूको गीतमा अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=xKBmVCFZOE4