सुनसरी । इटहरीको पुरानो तथा प्रतिष्ठित क्लब राष्ट्रिय जागृति क्लबले विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई सम्मान गरेको छ । क्लबले शनिवार साँझ एक कार्यक्रम गरी वरिष्ठ सङ्गीतकार तथा रचनाकार मानसिंह थुलुङलाई विशेष सम्मान गरेको छ ।
DSC_5275

यस्तै खेलकुद पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै नेपाल टेलिभिजन इटहरीकी पत्रकार भूमिका पाख्रिन, क्रिकेट खेलाडी समीर तिम्सिना, फुटबल खेलाडी सिजल राई र बाल गायक रिजन डाँगीलाई सम्मान गरेको छ ।

यस्तै शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने जीवक्ष सरदार र पूर्व सभापति सञ्जीव ढुङ्गानालाई पनि सम्मान गरेको छ ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकणर् पौडेल र क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले सम्मान गरे ।
DSC_5287


DSC_5253DSC_5258rijanDSC_5295