सुनसरी । धनकुटाको पर्यटकीय क्षेत्र राजारानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तराष्टिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

फुटबल कार्यक्रमलाई भव्यता दिनको लागि फुड फेस्टिभल तथा सांस्कृतिक साँझ समेत सञ्चालन गरिने आयोजक रारा भेट्रान क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । मुख्य प्रायोजक UK FOOTBALL LOVERS / AM.ZONE RESTAURANT ALDERSHOT UK को सहयोगमा मङ्सिर ११ गते देखी सुरु हुने प्रतियोगितामा एक भारतीय सहित कोसी प्रदेशका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष बिजु राईले जानकारी दिए ।

IMG_1775

कुल २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद ५ हजार र बिधागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाई छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाई प्रति म्याच १५ हजारका दरले तयारी खर्च समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

rara vetran

राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका राष्ट्रिय तथा अन्तराष्टिय खेलाडी उत्पादन गर्न सफल राजारानीमा प्रथम संस्करणको प्रतियोगीतालाई अगामी बर्षपनि निरन्तरता दिने संरक्षक चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट आर्थिक तथा भौतिक सहयोगका लागि प्रतिबद्ध रहेको लिम्बुको भनाई छ ।

फुटबल प्रतियोगितालाई भव्यता प्रदान गर्नका साथै स्थानीय स्तरमा उत्पादित खाद्यान्नको प्रबनद्र्धनका लागि फुड फेस्टिभलको समेत आयोजना गर्ने जनाइएको छ ।

सोही अवसरमा नेपालका हाल चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसंगै नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने क्लबका अध्यक्ष राईले बताए ।