इटहरी । मृगौला रोगबाट पीडित भई उपचार गराई रहेका पत्रकार पीवी दियालीलाई नेपाल प्रेस यूनियन सुनसरी शाखाले २१ हजार रुपैयाँ प्रदान गरेको छ । 

आर्थिक अवस्था कमजोर भई उपचारका लागि सहयोग गर्न गरिएको यूनियन जिल्ला शाखाले जनाएको छ । पत्रकार दियाली अहिले विराटनगर स्थित न्यूरो हस्पिटलमा मृगौला डाइलासिस गरिरहेका छन् । युनियन सुनसरीको टोलीले पत्रकार दियालीलाई न्यूरो अस्पतालमै  पुगेर रकम प्रदान गरिएको हो । 

दुवै मृगौला फेल भई काम नगर्ने भएकाले चिकित्सकले मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । मृगौला प्रत्यारोपण गर्न आर्थिका अभाव रहेको भन्दै पत्रकार दियालीले सहयोगका लािग आग्रह गरेका थिए । ठुलो खर्च लाग्ने भएपछि सहयोग गर्न पत्रकार दियालीले सहयोग गर्न सबैलाई आग्रह गरेका थिए । 

उपचारमा सहयोग होस भन्ने उद्देश्यले युनियन सुनसरीले तत्काल नगद सहयोग प्रदान गरेको युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले बताए । 

पत्रकार दियालीलाई इटहरीकै युवा व्यवसायी अनुरोध थापाले दुई हजार एक सय र नेपाली काँग्रेस इटहरी नगर सचिव विक्रम घिमिरेले एक हजार रुपैयाँ प्रदान गरेका छन् । यस्तै, पुख्यौली घर खोटाङ् भएका गजुरधन विश्वकर्मा सहित तीन जनाले पत्रकार दियालीलाई उपचार गर्न दस हजार रुपैयाँ प्रदान गरेका छन् । 

यता, पत्रकार दियालीको उपचारका लागि इटहरीमा खगेन्द्र ओलीको संयोजकत्वमा ‘पीवी दियाली वचाउ’ अभियान सञ्चालन थालिएको  छ । आइतबारसम्म एक लाख २७ हजार सात सय १५ रुपैयाँ संकलन भएको ओलीले बताए । 

पत्रकार दियालीले मृगौला प्रत्यारोपण गर्नका लागि आफन्तसँग दाताका लागि कुराकानी भइरहेको र अस्पतालमा दस लाख भन्दा बढी रकम लाग्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले गर्दा सहयोगीको आवश्यकता परेको बताएका छन् । पत्रकार दियाली गणराज्य साप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य समेत हुन् ।।