इटहरी । गरिमा विकास बैँकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा इटहरी स्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।  बैंकले ट्राफिक व्यवस्थापनका लागि नागरिक साहयता कक्ष पनि निर्माण गरिदिएको छ ।

 बंैकले आफ्नो बार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्षसँगै डिजिटल होर्डिङ बोर्ड  कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेललाई  हस्तान्तरण गरेको हो । 

बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत इटहरीमा विभिन्न सामाजिक सेवाका काम गर्दै आएको गरिमा विकास बैंककी कोशी प्रदेश प्रमुख रक्षा भट्टले जानकारी दिईन । यस बर्ष पनि विभिन्न सामाजिक कार्यक्रम गरिने उनले बताईन । यसै क्रममा इटहरीमा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न सहज होस भनेर डिजिटल बोर्ड र नागरिक सहायता कक्ष निर्माण गरिएको प्रदेश प्रमुख भट्टले जानकारी दिईन ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख सरोज पौडेल, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की , इटहरी ५ का वडा अध्यक्ष भिष्म घिमिरे लगायतको उपस्थित रहेको थियो ।