सुनसरी । प्रत्येक वर्ष नोभेम्बर २५ का दिन मनाइने महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आजबाट सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु सुनसरीमा पनि सुरु भएको छ ।
अभियानको पहिलो दिन आज बिहान इटहरीमा प्रभात फेरी गरिएको छ ।
प्रभात फेरीमा सहभागीहरूले अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछूत जस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सहर केन्द्रित मात्र नभएर गाउकेन्द्रित अभियान सञ्चालन गर्नुपर्ने बताए ।
उनीहरूले समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रिय स्तरमा व्यापक रूपमा गाउँ केन्द्रित अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।