सुनसरी । इटहरी उपमहानगरपालिकाले नगरप्रहरी नियुक्त गरी तालिम दिन सुरु गरेको छ ।

नेपालको संबिधान अनुसार स्थानिय तहलाई प्राप्त अधिकार अनुसार इटहरी उपमहानगरले नगरप्रहरी नियुक्त गरी तालिम दिन सुरु गरेको हो ।

उपमहानगरले एक बर्षअघि नै नगरप्रहरी भर्ना खोलेपनि ऐन निर्माण गर्न ढिलाई भएपछी तालिम सुरु गर्न सकेको थिएन ।

३५ दिनसम्म चल्ने पहिलो चरणको आवाशीय तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी अधिकृतहरुले प्रशिक्षण दिनेछन । उनीहरुलाई सैदान्तिक र ब्यवहारिक सीप सिकाई नगरक्षेत्रमा परिचालन गरिने नगरप्रमुख हेमकणर् पौडेलले जानकारी दिए । यस्तै तालिमको पहिलो चरणमै नगरप्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने छ ।

nagar police

नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख  पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सरक्षा मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निमाणर् सामाग्री देखि बजार व्यावस्थापन सम्ममा नगर प्रहरी खटाईने पौडेलले बताए ।

इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिईने पौडेलको भनाई छ ।

तालिम पुरा गरेपछी नगरप्रहरीलाई नेपाल प्रहरीको आदेश अनुसार भिड नियन्त्रणमा समेत परिचालन गर्न समेत सकिने इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

तालिममा नगर प्रहरीका प्रहरी निरिक्षक, सहायक निरीक्षक, हवल्दार र प्रहरी जवान गरी कूल ३६ जना नगर प्रहरीको सहभागिता छ ।