इटहरी । इटहरीको वडा न. २का स्थानीय जङ्गली हात्तीको आक्रमणबाट त्रसित बनेका छन् । दैनिक जसो गाउँमा हात्ती प्रवेश गरी घर भत्काउन थालेसँगै इटहरी २का स्थानियबासीहरु त्रसित बनेका हुन । 
मङ्गलवार बिहान पनि जङ्गली हात्तीको समूहले इटहरी वडा न. २ की नैनाकुमारी राईको घर भत्काइदिएको छ । मङ्गलवार बिहान ४ देखि ५ बजेको  समयमा गाउँ पसेको हात्तीको समूहले  घर भत्काएर क्षति पु¥याएको हो ।
जङ्गली हात्तीको ठुलो समूह नै गाउँ पसेको थियो । हात्तीले नैनाकुमारीको घर भत्काए पनि मानवीय क्षति भने भएन । घरमा बस्दै आएका तीन जनालाई कुनै क्षति हुन पाएन । 
वडा न. २ का गाउँहरू चारकोसे जङ्गल नजिकै रहेका कारण यहाँ समय जङ्गली हात्तीले निरन्तर गाउँ पसेर दुःख दिने गरेका छ । 
दुई महिना अघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो । सामान्य बासको बेरा र टिनको छाना लगाएर बनाएको घर भत्काएको थियो । 
पछिल्ला केही महिनायता यस वडामा श्रृङ्खलावद्ध रूपमा जङ्गली हात्ती गाउँ पसेर दुःख दिन गरेको छ । गाउँ पस्ने, घर टहरा भत्काउने, बालीनाली खाइदिने, मास्ने कार्यले स्थानीय आजित बनेका छन् । 

तरुण दलले बनाइदियो घर 

तरुण दल सुनसरीले दुई महिना अघि हात्तीले घर भत्काए पछि घरबार विहीन बनेकी लक्ष्मी राईलाई घर बनाईदिइको छ । तरुण दल सुनसरीले २ कोठे पक्की टिनको छानो भएको घर बनाएर लक्ष्मी राईलाई मङ्गलवार हस्तान्तरण गरेको छ । 
वडा न. २ मा सामान्य बासको बेरा र टिनको छानो भएको घरमा बस्दै आएकी लक्ष्मीको घर जङ्गली हात्तीले २ महिना अघि भत्काइदिएको थियो । हात्तीले घर भत्काएपछि घरबार विहीन भएकी लक्ष्मीलाई घर बनाएर हस्तान्तरण गरिएको तरुण दल सुनसरीका सभापति सिजन गुरुङले जानकारी दिए । 
घर विहीन भएर बस्दै आएकी लक्ष्मीले घर पाउँदा खुसी लागेको बताइन । लक्ष्मीले घर बनाइदिने तरुण दल र सभापति सिजन गुरुङलाई धन्यावाद दिइन ।।