सुनसरी - मधेस प्रदेशबाट सुरु गरिएको नेपाल भारतबिचको सिमा स्तम्भ मर्मतको काम कोशी प्रदेशमा पनि सुरु गरिएको छ ।कोशी प्रदेशमा नेपाल तथा भारतबीच रहेका सीमा स्तम्भहरुको मर्मत आजदेखि सुरु गरिएको हो ।

सशस्त्रको प्राविधिक टोलीले आज (सोमबार) झापाको मेचीनगर नगरपालिका ७, सतिघट्टास्थित सीमा स्तम्भ ५५ अन्तर्गतको पिलर रङरोगन गरेको हो । कोशी प्रदेशमा भारतसँग ४३० किलोमिटर लामो खुला सीमामा ९५७ वटा सीमास्तम्भ छन् ।

sima marmat1

नेपाल र भारतको सीमा कार्यदलबीच जोर अंकका सीमास्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अंकको सीमा स्तम्भको मर्मत नेपाली पक्षले गर्ने सहमति छ । त्यसअन्तर्गत नेपाली पक्षले बिजोर अंक भएका ३१७ सीमा स्तम्भको मर्मत गर्नेछ । सीमा सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी अञ्जनीकुमार पोखरेलले जनाए ।

झापापछि क्रमशः मोरङ र सुनसरीका सीमास्तम्भको पनि मर्मत गरिने जनाइएको छ ।