सुनसरी । पूर्वी तराइका जिल्लामा हात्ती आतङ्क नरोकिएपछि प्रभावित क्षेत्रका स्थानीयलाई प्रशिक्षण दिन थालिएको छ ।
उज्यालो नेपाल नाम संस्थाको सहयोगमा डिभिजन बन कार्यालय मार्फत अन्य सरोकारवाला सङ्घसंस्थाको पहलमा प्रशिक्षण थालिएको हो ।
मानव र हात्तीको सहअस्तित्वका लागी प्रभावित क्षेत्रमै पुगेर प्रशिक्षण थालिएको कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले बताए ।
हात्ती विज्ञ सहितको टोलीले कोसी प्रदेशको झापा, मोरङ र सुनसरीको हात्ती प्रभावित क्षेत्रहरूमा प्रशिक्षण सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।
हात्तीलाई नचलाएसम्म मान्छेमाथि आक्रमण नगर्ने भएकाले हात्तीको आनीबानी र मानिसले अपनाउनु पर्ने सावधानीका बारेमा स्थानीयलाई प्रशिक्षण दिन सुरु गरिएको थापाको भनाई छ ।