सुनसरी । आज उधौली पर्व । विशेष गरी किराँत समुदायको बाहुल्य रहेका जिल्लामा उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी किराँत समुदाय अन्तर्गतका लिम्बू जातीले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका नामले मनाँउछन् ।
चासोक तङ्नाममा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ । योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ ।
विशेषतः यो पर्व पूर्वी पहाडमा बाहुल्य रहेका राई, लिम्बू, सुनार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।
आजै हिन्दु धर्मावलम्बीले धान्य पूर्णिमाको रुपमा गोठ पूजा गर्ने चलन छ । प्रकृति पुजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङ्नामका अवसरमा फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लब्रेकुटीलगायतका स्थलहरुमा पूजा आराधनासहित नयाँ अन्न विधिवत रुपमा चढाएर न्वागी पूजा गर्नेको भिड लागेको छ ।