सुनसरी - सुनसरी प्रहरीले भन्सार छलेर ल्याइएको १ सय ५० केजी चिनी बरामद गरेको छ ।
भारतीय सीमावर्ती क्षेत्र कोसी गाउँपालिका १ स्थित भित्री बाटोबाट एक लाख २० हजार मूल्य बराबरको २८ बोरा चिनी बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
बरामद उक्त चिनी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सेतु बन्ध कोसी ब्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।