इटहरी । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आफ्ना सदस्यहरूलाई दिँदै आएको विभिन्न राहत वितरण र सडक दुर्घटना न्यूनीकरण कार्यक्रम सार्वजनिक सडकमै सम्पन्न गरेको । 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सफा ट्याम्पो काठमाण्डौं जिल्ला कमिटीले पुरानो बानेश्वर – गौशाला सडक खण्डको बत्तिस पुतली पेट्रोल पम्प अगाडी सडकमा चालकहरूलाई राहत तथा सडक दुर्घटना न्यूनीकरण कार्यक्रम गरिएको हो । 

सङ्गठनको सदस्यहरू रमेश तामाङ, स्वस्थानी श्रेष्ठ, केशव तिम्सिना, सूर्यबहादुर तामाङ गरी यस महिनामामा मात्रै २७ जना चालकहरूलाई सवारी चालक अनुमति पत्र नवीकरण बापतको राहत प्रदान गरिएको हो । सङ्गठनलाई नियमित ट्रिप शुल्क बुझाउने सदस्यहरूलाई सङ्गठनले दिँदै आएको राहत प्रदान गरिएको सङ्गठन सफा ट्याम्पो काठमाण्डौं जिल्ला अध्यक्ष विकास लामाले बताए ।सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सङ्गठनका सदस्य चालकहरूलाई राहत हस्तान्तरण गरे । 

त्यसै गरी चालक सहचालक तथा सडक प्रयोगकर्ता पैदल यात्रीहरूलाई सङ्गठनको आयोजनामा सडकमै सडक दुर्घटना न्यूनीकरण प्रशिक्षण प्रदान गरिएको छ । 

उक्त कार्यक्रममा गौशाला ट्राफिक प्रहरी कार्यालयका  वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम जोशीले प्रशिक्षण प्रदान गरे  । उनले प्रशिक्षण दिँदै भने, नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसङै सडक दुर्घटनामा वृद्धि भइरहेको बताए  । 

 पछिल्लो समय सडक दुर्घटनाको अध्ययन गर्दा दुई पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको र दुई पाङ्ग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइएको बताए । 

सडक दुर्घटना निर्मूल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै जानेको भने कम गर्न सकिने जोशीले बताए । 

त्यस्तै उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले अवधारणा प्रस्तुत गर्दै तथ्य प्रस्तुत गरेका थिए । 

हामी सबै जना सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै सङ्घसंस्थाहरू, तीन वटै तहका सरकारले गम्भीर नहुने हो भने अवस्था झन् भयावह हुने बताउँदै प्रहरी प्रधान कार्यालयको स्रोत उल्लेख गर्दै चार वर्षमा भएको सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउनेहरू र घाइते हुनेहरूको तथ्य अध्यक्ष राईले प्रस्तुत गरे  । 

कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष शङ्कर थापा, सचिव शिवकुमार श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।