सुनसरी । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले धरानको फुस्रे देखि साागुरीगढीसम्म एकीकरण पदयात्रा सञ्चालन गरेको छ ।

नेपाल एकीकरणका क्रममा प्रयोग भएको बाटो र गढीहरूको संरक्षण र प्रवर्द्धन गर्न भन्दै पदयात्राको आयोजना गरेको हो ।

bc982352-231e-47d7-8ee5-256836d0224a

नेपाल एकीकरणका क्रममा १८३१ मा गोर्खाली सेनाले धरानको फुस्रे हुँदै चिउरी वास, साागुरीगढी, गोलखाडी, आसकोट, हुकाबास, बेलहराबेसी, उत्तर पानी, अँधेरी खोला, पाटीगाउ, अर्खौले जीतपुर, नागेश्वर तथा लेगुवाघाटको बाटो प्रयोग गरेको थियो ।

पदयात्रामा नेपाली सेना, स्थानीय तहका पदाधिकारी, विद्यार्थी, स्थानीय बासिन्दा, होटेल एसोसिएसनका पदाधिकारी लगायत पदयात्रा सहभागी थिए ।

a4e39e56-6c65-49bf-a82b-82d645b1b5e9

पृथ्वी नारायण शाहले चलाएको एकीकरण अभियानलाई सम्झेर हिले स्थित सेनाको २ नम्बर बाहिनी, सल्लेरीको भीम दल गण र सुनसरीमा रहेको कृष्ण दल गणले पदयात्राको आयोजना गरिएको इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतनाका पृतनापति उपरथी डा. आसबहादुर तामाङले बताए ।

5f167c97-8850-4b67-9970-26ac5193afb0

ऐतिहासिकताको संरक्षण र साागुरीगढी तथा भेडेटार क्षेत्रको प्रवर्द्धनका लागि पदयात्रा सञ्चालन गरिएको धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीम दल गणका गणपति सुमन थापाको भनाई छ ।

78bdc900-b3f2-4383-84e2-b7a4e824ad9c

e00e8d07-a58c-4bc1-9ff9-9e8a6593a3b9

पदयात्राका क्रममा नेपाली सेनाले साकेला, तामाङ सेलो र ऐतिहासिक छलिया नृत्य प्रस्तुत गरेको थियो ।