सुनसरी । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।
पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकणर् पौडेलले जानकारी दिए ।
सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।
देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ ।
यस्तै उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याब स्थापना गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख पौडेलले बताए ।
उपमहानगरले आजै भौतिक पूर्वाधार प्रयोगशाला र निःशुल्क चिया कफी सहितको नागरिक साहयता कक्ष समेत स्थापना गरेको छ ।