विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले  चोरी नियन्त्रण गर्न  चुनौतीपूर्ण रहेको बताएका छन् । दुई देशीय खुला सीमाका कारण चोरी निकासी नियन्त्रणमा समस्या रहेको बताए । कोशी प्रदेशको प्रहरी प्रमुख भएर आएपछि पत्रकारसँग भएको भेटघाटमा डिआइजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको बताए  । प्रहरीले गलत गरेमा खबरदारी र सकारात्मक आलोचना गर्नुपर्छ ।’ नेपाल घुम्न आउने भारतीय पर्यटक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, लाग औषधलगायतका सीमा पार अपराध नियन्त्रण, अपराध अनुसन्धान र नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरीको नियमित कामकारबाहीमा आफू गम्भीर रहेको खापुङले बताए । उनले लागू औषधको समस्या निक्कै विकराल बनेको पनि उल्लेख गरे । 
गम्भीर समस्याका रूपमा देखिएको ‘क्रस बोर्डर क्राइम’लाई रोक्न सुरक्षा योजना बनाएरै काम गरिने जानकारी उनले दिए । साथै, ‘काउन्टर पार्ट’सँग समेत नियमित भेटघाट, छलफल र समन्वय गरिने उनको भनाइ छ । यद्यपि, जनशक्ति कम हुँदा र सीमित स्रोत साधनका कारण प्रहरीलाई कठिनाइ भइरहेको डिआइजी खापुङले स्वीकार गरे । सीमित स्रोत साधनकै कारण प्रहरीले सबै काम गर्न सम्भव नहुने उनको भनाइ छ । 
‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजबुत कानुन आवश्यक छ । कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उनी भन्छन्, ‘कुनै व्यक्ति परिस्थितिले चोर हुँदैन । जन्मजात चोर हुन्छ ।’