सुनसरी – सुनसरीको इनरुवा ८ मा छोराले बाउको हत्या गरेका छन् ।
इनरुवा ८ गणेशपुर टोलका चिबु सदाले बाउको हत्या गरेका हुन । घरायसी विवादको क्रममा उनले बाउ चिलिया ऋषिदेव सदालाई कुटपिट गरेका थिए ।
७० वर्षीय सदालाई गत माघ ११ गते छोराले कुटपिट गरेर फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बाउको विराटनगर स्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै वराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरिएको भण्डारीले जानकारी दिए ।