सुनसरी - सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका आरोपीलाई १९ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी वराहक्षेत्र १ का अर्जुन विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई धरान १२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
विश्वकर्माले २०६१ म्ंसिर २३ गते एक १५ वर्षीय  बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । करणी गरी फरार रहेका विश्वकर्मा माथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।
पक्राउ परेका विश्वकर्मालाई शुक्रबारनै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशअनुसार झुम्का कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।