सुनसरी -  धनकुटाको साँगुरी गढी गापास्थित भेडेटारबाट प्रहरीले ६ सय केजी गाँजा बरामद गरेको छ।

पेट्रोलियम पदार्थ बोक्ने को १ ख ७३२२ नं को ट्याङ्कर लुकाएर लैजाँदै गरेको अवस्थामा बुधवार बिहान २ बजे गाँजा बरामद गरिएको भेडेटार इलाका प्रहरी कार्यालयका इन्चार्ज जीवनकुमार कार्कीले जानकारी दिए।

२ केजीको दरमा रहेको ३ सय पोका गाँजा बरामद गरिएको जनाइएको छ। संलग्न रहेको अभियोगमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी राखेको उनले जानकारी दिए।