सुनसरी - इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.ली नवौँ वर्ष पूरा गरेर दस वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले कोसी प्रदेशमा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

आगामी दिनमा समेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।