विराटनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिले लिएको लेबल दुईको परीक्षा विवादमा परेको छ। राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगर कमिटीले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी  सीप परीक्षणको परीक्षामा धाँधली भएको र परीक्षा नै नदिई हाजिर मात्र गराएर लेभल २ को  प्रमाण पत्र दिने तयारी भएको आरोप लगाएको हो ।   उनीहरूले फागुन ३ गते देखि सुरु भएको सीप परीक्षण निष्पक्ष नभएको  युनियनको आरोप छ ।
राष्ट्रिय सीप परीक्षण समितिबाट आएका मूल्याङ्कनकर्ता र प्राइम इन्स्टिच्युटको मिलेमतोमा केही परीक्षार्थीलाई  गोप्य कोठामा फागुन ४ गते परीक्षा दिलाएको पनि उनीहरूको भनाई छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर कमिटीका अध्यक्ष  भली सुब्बाले ४ गतेको सीप परीक्षणमा ८ जना सामेल रहेकोमा   त्यस दिन परीक्षामा सामेल भएका परीक्षार्थीमध्ये केहीलाई छुट्टै कोठामा राखेर उनीहरूलाई मात्र परीक्षामा उत्तीर्ण गराउने गलत मनसायले परीक्षा लिइएको बत्ताइन् । ‘फागुन ४ गते लिइएको परीक्षामा परीक्षार्थीहरू बिच विभेद गरिएको पाइएको छ, जुन सरासर गलत अभ्यास हो, उनले भनिन्,  यसअघि प्राइम इन्स्टिच्युटमा भएको परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको पाइएको छ ।’ सबै खालका प्रयोगात्मक परीक्षाहरू एकै ठाउँमा राखेर लिइनु पर्नेमा विभेद रहित तरिकाले गोप्य कोठामा राखेर लिइनु नै गलत हुने उनीहरूको ठम्याई छ । फागुन ४ गतेको परीक्षामा परीक्षार्थीहरूलाई मूल्याङ्कनकर्ताले प्रयोगात्मक परीक्षा दिने क्रममा अनावश्यक प्रश्नहरू सोधेर अत्त्याएको, मौखिक परीक्षाको क्रममा  तपाई फेल हुनु भयो, तपाईँ यो पटक पास हुन सक्नुहुन्न भन्दै परीक्षार्थीलाई हतोत्साहित गराउने काम गराएको युनियनकी सचिव बसन्ती गुरुङले जानकारी दिइन्  । 

उनीहरूलाई फागुन ४ गते भएको परीक्षा  रद्द गरी पुनः परीक्षा हुनु पर्ने माग गरेका छन् । अहिले  तोकिएको  परीक्षा केन्द्र परिवर्तन गर्नु पर्ने,  फागुन ३ देखि ९ गतेसम्म हुने परीक्षाको छानबिन गरी आवश्यक कारबाही गर्नु पर्ने  उनीहरूको माग छ ।   उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको दबाबमा ४ जनालाई परीक्षा नै नदिई पास गराउन दबाब दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको समेत  दाबी गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश सचिव  कला डाँगीले परीक्षा नै नदिएका ब्यक्तिलाई पास गर्नु पर्छ भनेर दबाब दिएको पाइएको बत्ताइन् ।  दोस्रो तहको परीक्षामा सहभागी भएपछि उनीहरू उत्तीर्ण भएको अवस्थामा प्रशिक्षकको रूपमा उनीहरूको  दर्जा हुने भनिएको छ।  
429003345_2778728938941980_7394647649673678496_n