इटहरी । इटहरीको प्रिमियर ग्लोबल स्कुलले आयोजना गरेको मिस्टर एण्ड मिस २०८० को उपाधि दामोदर कार्की र सेयुङ लिम्बुले जितेका छन् ।
शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फ पनि आफूलाई अब्बल साबित गर्दै आएको कलेजले मङ्गलवार आयोजना गरेको कार्यक्रममा कार्की र लिम्बुले मिस्टर एण्ड मिस २०८० को उपाधि जितेका हुन । यस्तै आदित्य कुमार चौधरी र सन्ध्या चौधरी फस्ट रनर अप भएका छन् । हंशल कार्की र अल्फा चौधरी सेकेन्ड रनर अप भएका छन् ।
pppp
कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुबिच गराइने प्रतियोगिता अन्तर्गत मिस्टर एण्ड मिस २०७९ को उपाधि भने अविनाश राई र कृतिका श्रेष्ठले जितेका छन् । फस्ट रनरअपको उपाधि भने हेमराज राई र दिलिसा लामाले हात पारेका छन् । करण धमला र कामना जिमी सेकेन्ड रनर अप भएका छन् ।
ppppp
प्रतियोगितामा विभिन्न २६ विधामा उत्कृष्ट प्रतियोगी छनौट गरिएको कलेजका सञ्चालक सुभाष लुइँटेलले जानकारी दिए । प्रतियोगिताको विजेता छात्र छात्राले नगद १० हजार, उपबिजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाए ।
ket
हिसान सुनसरीका अध्यक्ष सागर भटराईको प्रमुख आतिथ्ययतामा सम्पन्न प्रतियोगिता विभिन्न विधामा उत्कृष्ट हुनेले विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नको लागि सहयोग पुग्न मदत गर्ने भएकाले यस प्रकारको विभिन्न कार्यक्रम गरिरहेको कलेजले जनाएको छ ।
kkkk
अध्ययनका साथै विद्यार्थीको मानसिक, सामाजिक, व्यवहारिक एवं बौद्धिक विकासका लागी विगत चार वर्षयता कलेजले यस प्रकारको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकता दिएको जनाएको छ ।
jj 1