सुनसरी — सुनसरी प्रहरीले अपहरणमा परेका बालकको १० घण्टापछि उद्धार गरेको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारबाट गत सोमबार अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरेको हो ।

प्रहरीले बालक अपहरण कार्यमा संलग्न सप्तरी धनपुरी गाउँपालिका ३ का ३५ वर्षीय रामदेव ऋषिदेवलाई पक्राउ गरेको छ । पक्राउ गरेका यादवलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका बालकको स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।