विराटनगर । क्यान्सरका बिरामीका लागि विराट क्यान्सर इन्स्टिच्युटले निःशुल्क हवाई सेवा टिकट उपलब्ध गराउने भएको छ।  इन्स्टिच्युटले निःशुल्क हवाई सेवाका लागि यती एयरलाइन्ससँग सम्झौता गरेको हो । इन्स्टिच्युट र यत्ति एयरलाइन्सका बिचमा भएको सम्झौता अनुसार विराट क्यान्सर इन्स्टिच्युटमा उपचार गर्न पुग्ने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराट क्यान्सर इन्स्टिच्युटमा पुग्ने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गरिने जानकारी दिए।  इन्स्टिच्युटका उपाध्यक्ष डा. कार्कीले निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्ने बताए। अस्पतालका विशेषज्ञ चिकित्सकले कागजातका आधारमा क्यान्सरको बिरामी भएको परिचयपत्र उपलब्ध गराएपछि उपचारका लागि इन्स्टिच्युट पुग्नु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए।
यती एयरलाइन्ससँग सम्झौता गर्दै यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले  विमानको सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले सुविधा प्रदान गरिएको उल्लेख गरे