विराटनगर । उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना डाक्टर पक्राउ परेका छन् । निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुव्र्यवाहर गरेको जायरी परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले इटहरी ९ मा क्लिनिक सञ्चालन गर्दै आएका डा रामसागर मेहताका विरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको बताए ।  महिला माथि हिजो साँझ क्लिनिकमा दुर्व्यवहार गरिएको महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।  
इसीजी गराउने क्रममा मिस बिहेब भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।   डा  मेहता बाल रोग विशेषज्ञ हुन ।   महिलामाथि दुर्व्यवहार गरिएको भए पनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।