सुनसरी । प्रहरीले सप्तकोसी नदीमा डुङ्गामा लैजाँदै गरेको १ सय ६४ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले गयराती सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीबाट ६ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
डुङ्गामा गाँजा लिएर आउने व्यक्तिहरू भने फरार भएको र उनीहरूको खोजी भइरहेको सशस्त्र प्रहरी नम्बर ४ गण सुनसरीले जनाएको छ ।
सशस्त्र प्रहरीले एक महिनाको अवधिमा सो क्षेत्रबाट एक एम्बुलेन्स सहित ५ सय किलो गाँजा बरामद गरिसकेको जनाएको छ ।