सुनसरी । १४ औँ संस्करणको इटहरी गोल्ड कपको अन्तिम सेमिफाइनल खेलमा आज  गत वर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुदैछ ।
खेल इटहरी रङ्गशालामा साँझ पौने सात बजे सुरु हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो ।
यसअघि गयराती सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङ माथि पेनाल्टी सुट आउटमा २-१ गोलको जीत हात पार्दै आर्मी उपाधि नजिक पुगिसकेको छ ।
शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख  रुपैयाँ हात पार्नेछ ।