सुनसरी - सुनसरीमा जारी १४ औँ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने भएको छ ।

इटहरी रंगशालामा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्टिय जागृती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो । 

      चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निणर्ायक बन्यो । उनले खेलको ८९ औं मिनेटमा निणर्ायक गोल गरेका थिए । उनी खेलको म्यानअफ द म्याच समेत घोषित हुदै नगद १० हजार हात पारे ।

1 1

       गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधीका लागि शनिबार फाइनलमा आर्मीसंग प्रतिष्पर्धा गर्नेछ ।

आर्मी साबिक बिजेता सगरमाथा क्लब मोरङमाथी पेनाल्टी सुटआउटमा २-१ गोलको जीत हात पार्दै उपाधी नजिक पुगिसकेको छ । फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ ।

उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनु पर्नेछ ।

तस्बीर - गुरु ढकाल, सञ्चारपाटी