विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । 
विराटनगरको सहिद रङ्गशालामा शुक्रवार भएको रात्रिकालीन गोल्ड कपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटर फाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटर फाइनल खेलमा भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ ।
 
जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औँ मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चित गरे । डिबक्स भित्र वैकल्पिक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो । 
आर्मीले खेल सुरु भएको ६  मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पी जंग कार्कीले १३ औँ मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यस लगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । १६ औँ मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुेक । 
IMG_0748
४० औँ मिनेटमा जय गुरुङले निकालिदिएको  वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले  गोल गने अवसर गुमाएका थिए । त्यस लगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो ।
दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो  । ५२ औँ मिनेटमा  जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबरीमा ल्याउन  सकेन । 
६५ औँ मिनेटमा एनआरटीका संजीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले । ७३ औ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औँ मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 
प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शनिबार पहिलो क्वाटर फाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।