विराटनगर । महिलाहरूले उत्पादन गरेका बस्तु तथा उत्पादनको प्रवर्द्धन तथा बजारीकरण कोलागि विराटनगरमा सिएन आई कोशी ओमेन्स  एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।   नेपाल  उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यमी समितिको आयोजनामा हुने महिला उद्यमशीलता सम्बन्धी प्रदर्शनी यही चैत २३ र २४ गते हुने जनाइएको छ।  बिहान देखि राती ८ बजेसम्म अतिथि सदनमा हुने  प्रदर्शनीको उद्घाटन सङ्घीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्ने तय भएको सिएन आई महिला उद्यमी समितिका संयोजक रचना राठीले जानकारी दिइन् । 

राठीका अनुसार कोशी प्रदेश भित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई प्रदर्शनीमा राखिने उनले बताउन्  ।  प्रदर्शनीमा ६० स्टलहरू रहने  जनाइएको छ।  उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले महिलाहरूको सीप र उत्पादनलाई यस मेलाले प्रवर्द्धन गर्ने बताए ।  आगामी बर्षकोलागि अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी सुरु भइसकेको बताएका घिमिरेले महिला उद्यमीहरूको  यो प्रदर्शनी ऐतिहासिक हुने उल्लेख गरे ।