विराटनगर । विराटनगरको हिमालय रोड आयोजना भएको विराट पर्यटन महोत्सवमा कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ। पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवको नाममा  आयोजना भएको कार्यक्रममा फोटो प्रदर्शनीमा राखिएको हो । 
फोटोहरू कोशी प्रदेशका चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको रहेको  पर्यटन तथा होटेल व्यवसायी भविश श्रेष्ठले जानकारी दिए । ‘हामीले विराटनगरमा गरेको फेस्टिभलको माध्यमाबाट फोटो प्रदर्शनीमा ल्याएका हौँ, उनले भने, यी फोटो प्रदर्शनीहरू कोशी प्रदेश बाहिरका अरू प्रदेश, सङ्घीय राजधानी र भारत तथा अन्तर्राष्ट्रिय रूपमा अरू देशहरूमा पनि पुर्‍याउने तयारी गरिएको छ।’  विराट एसोसिएसन अफ ट्राभल्स एजेन्टले विराटनगरमा चार दिने विराट पर्यटन महोत्सवको आयोजना गरेको हो । 
touriesm

मेलामा सांस्कृतिक नृत्य, फोटो प्रदर्शन र खानाका परिकारहरू राखिएको छ । कार्यक्रममा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी प्रदेश पर्यटनको प्रशस्त सम्भावना रहेको बताए । पर्यटन भनेको नागरिकले अनुभूति गर्ने विषय भएकोले सबै मिलेर कोशी प्रदेशको पर्यटनको विकास गर्न लाग्नु पर्नेमा जोड दिए । 
touriesmm