सुनसरी । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि कर्णाली प्रदेशको सुर्खेतमा हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सहभागी कोसी प्रदेशको टिमलाई बिदाइ गरिएको छ । गत आइतबार बागमती प्रदेशको चितवनमा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कोसी प्रदेश महिला फुटबल टिमलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरी सुर्खेतको लागि बिदाइ गरिएको हो । झापाकी खुस्मा राईको कप्तानीमा रहेको टिमलाई कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष शिव न्यौपाने लगायतले जीतको शुभकामना सहित बिदाइ गरे ।
IMG_5533
         कोसी प्रदेश फुटबलको लागि उर्वरभूमी रहेकाले यसलाई कायम राख्न पनि जीतको विकल्प नभएको एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेको अध्यक्ष राईले बताए । एन्फाको वर्तमान कार्यसमितिमा अध्यक्ष, महासचिव लगायत अधिकांश कार्यसमितिका पदाधिकारी कोसी प्रदेशकै रहेकाले उच्च मनोबलका साथ खेल्न राईले आग्रह गरे ।
IMG_5559
चितवनको भरतपुरमा सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण विजेता टिममा तीन खेलाडी परिवर्तन गर्दै सुर्खेत पठाइएको टिम मेनेजर केशव कार्कीले बताए । 
IMG_5554
        विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाउने राष्ट्रिय लिग छनोटमा कोसी प्रदेशले उद्घाटनकै दिन हुने दोस्रो खेलमा कर्णाली प्रदेशको सामना गर्नेछ । त्यसअघि सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ ।
IMG_5551
कोसी टिमले वैशाख १० मा सुदूरपश्चिम, वैशाख १४ मा लुम्बिनी, १६ गते मधेस र १९ गते बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् ।
IMG_5557
वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।