इटहरी । इटहरीमा आजबाट स्कुल थियटर प्रर्दशन सुरु भएको छ । विद्यालयका बालबालिका आफैले लेखन, निर्देशन र प्रस्तुती दिने नाटकहरुको श्रृङ्खला स्कुल थिएटर आजबाट सुरु भएको हो ।

इटहरीको तायरिप्ची भवनमा नाटक प्रर्दशन हुनेछ । आज बिहान ११ बजे, दिउँसो १ बजे र साँझ ५ बजे नाटक प्रस्तुत गरिने कलालयले जानकारी दिएको छ । 

स्कुल थियटर आज र भोली दुई दिन प्रर्दशन गरिनेछ । दुई दिनमा ६ वटा नाटक प्रर्दशन गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । 

१५ दिनको कार्यशालामा सहभागि भएका ६१ जना बालकालिकाहरुले नाटक प्रर्दशन गर्नेछन् ।  यस बर्ष पर्यावरण, प्रविधिको विकास, शिक्षा र समाजका कथालाई नाटक मार्फत प्रस्तुत गर्ने कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए । 

बालबालिकालाई नाटक मार्फत समाज बुझाउने प्रयास गर्दै आएको कलालयले विगत १४ बर्ष देखी स्कुल थियटर आयोजना गर्दै आएको छ । 

स्कुल थियटर मार्फत उत्पादन भएका कलाकारहरु अहिले राष्ट्रिय स्तरमै नाटक प्रर्दशन गर्न सक्षम मात्रै नभएर स्थापित पनि भएका छन् ।।