इटहरी । इटहरीमा आईतबारबाट जारी ९औँ स्कुल थियटरमा उत्साहजनक सहभागिता देखिएको छ । हिजो(आईतबार)का ३ वटा सो मा विद्यार्थी, अभिभावक तथा अन्य दर्शकहरुको उत्साहजनक उपस्थित रहेको आयोजक कलालयले जानकारी दिएको छ । 

विहान ११ र दिउँसो १ बजे विद्यार्थी र अभिभावकका लागि छुट्याईएको थियो भने साँझ ५ बजे भने सबै दर्शकले नाटक हेरेका थिए । हिजो मात्रै ५ सय बढिले नाटक हेरेको कलायलका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । 

आज पनि ३ वटा सो मा नाटक प्रर्दशन भइरहेको कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए । 

आज सम्म मात्र प्रर्दशन हुने भएकाले आज पनि उत्तिकै सहभागिता रहने अपेक्षा गरिएको उनले बताए । 


विद्यालयका बालबालिका आफैले लेखन, निर्देशन र प्रस्तुती रहेको छ । १५ दिनको कार्यशालामा सहभागि भएका ६१ जना बालकालिकाहरुले नाटक प्रर्दशन गर्नेछन् । 

यस बर्ष पर्यावरण, प्रविधिको विकास, शिक्षा र समाजका कथालाई नाटक मार्फत प्रस्तुत गरेका छन् । 

play 3