सुनसरी- मिस नेपालको आगामी संस्करणका लागि मङ्गलवार इटहरीमा अडिसन हुने भएको छ ।
नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोसी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ ।
IMG_5758
आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको हो । इटहरीमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ ।  
     यसबर्षको मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखी २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित इच्छुक युवतीले आवेदन दिन सक्नेछन् ।
IMG_5757
प्रतियोगितामा भाग लिनका लागि आवेदनको लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ । देशका प्रमुख सहरहरूमा अडिसन सकिएपछि फाइनल अडिसन आगामी जेठ ५ गते काठमाण्डौमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगीहरूले ग्राण्ड फिनालेको लागि प्रशिक्षण लिने बताइएको छ ।
misss
मिस नेपाल २०२४ छान्नको लागि साउन १९ गते गोदावरीमा भव्य कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
यस वर्षको प्रतियोगिताबाट तीन मुख्य विजेताहरू हुनेछन् ।
जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने आयोजकले जनाएको छ ।