सुनसरी । बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन भएको छ  ।
वराहक्षेत्रस्थित सप्तकौशिकी नदीमा चार वटा महाकुम्भ शाही स्नानसँगै महाकुम्भ मेला भव्य रूपमा आयोजना भएको महाकुम्भ मेला मूल समारोह समितिले जनाएको छ ।
महाकुम्भ मेलाको समापन समारोहमा मूल समारोह समिति मातहतका २६ समिति, सहयोगी संघसस्था, शैक्षिक संस्था, इन्टरनेट सेवा प्रदायक, स्वास्थ्य सेवा प्रदायक चतरा अस्पताल, सुरक्षाकर्मीलगायत संस्थालाई समापन कार्यक्रममा जगद्गुरु बाल सन्तले सम्मान गरे । २ हजार सुरक्षाकर्मी, १ हजार ६ सय स्काउट स्वयंसेवक कुम्भ मेलामा परिचालन गरिएको आयोजक समितिको भनाइ छ ।
समापन समारोहमा कोसी प्रदेश सभा सदस्य इस्रायल मन्सुरी, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, बाग्मती प्रदेशकी सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत जनप्रतिनिधि र कर्मचारी समापन समारोहमा सहभागी भए ।कुम्भमेलामा ४० लाख भक्तजनले कुम्भ मेला र वराहक्षेत्र धामको  दर्शन गरेको आयोजक समितिले अनुमान गरेको छ ।